add size 720x90
Searching...

अफ्रिकामा मजुरा नाच्दै नेपाली चेली

postdate: Wednesday, 24 July 2013 comment: 0 Tag:



१० साउन काठमाडौं । अमेरिका र युरोप लैजाने सपना देखाउँदै अफ्रिकालाई मानव तस्करीको ‘ट्रान्जिट’ बनाईरहको गिरोहले ‘मजुरा नाच’ देखाउन भन्दै अफ्रिकी मुलुकहरुमा नेपाली चेली ओसार्ने क्रम बढेको छ ।

नेपालीका लागि अनअराईभल भिसा दिईने अफ्रिकाका केन्या र तान्जानीयााम त्यसरी ल्याइएका युवती नक्कली कागजात, ओभरस्टे, र भिसाविहीन हुँदा जेलसम्म पुग्ने गरेका छन् ।

केन्याको पार्कलेन भन्ने ठाउँका डान्स रेष्टुराँमा मजुरा नाच्ने १४ नेपाली युवतीलाई काजातविहीन अबस्थामा जेलमा हालिएको थाहा भएको कान्तिपुरले खबर लेखेको छ ।

भारतीय मुलका केन्याली रेष्टुराँमा मालिकले जनही अढाई लाख धरौटी राखेपछि ती युवती जेलबाट बाहिर आएका छन् । तर, काम गर्ने अनुमति नपाए उनीहरु फेरि पनि जेल जान सक्ने अबस्था रहेको छ ।

केन्याको दारेसालस्थित ६ वटा रेष्टुरेष्टमा ९० जति नेपाली युवती रहेका छन् । दारेसालस्थित एक नेपालीका अनुसार रेष्टुराँमा काम गर्ने उनीहरुलाई नाच्ने बाहेक धनी र नियमित ग्राहकसँग यौन धन्दाका लागि बाहिर पठाइने गरेको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन