नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध हुने

२० साउन,काठमाडौ । नेपाल टेलिकमको जिएसएम मोवाइल आज देखि ३ दिनसम्म काठमाडौको विभिन्न ठाउँमा अवरुद्ध हुने भएको छ । टेलिकमले जनाए अनुसार मोवाइल सेवाको संख्यात्मक विस्तार र गूणस्तर सुधार गर्ने कार्य भइरहेकाले केही स्थानमा केही समयको लागी सेवा अवरुद्द हुने लागेको हो ।
नेटवर्क अपग्रेडपछी भ्वाइस र डाटामा महर्वपुर्ण सुधार आउने पनि टेलिकमले जनाएको छ ।
आइतवार, सोमवार र मंगलवार ३ दिनसम्म नेपाल टेलिकमले सुधार कार्य गर्ने भएकाले केही स्थानमा मोवाइल सेवा अवरुद्ध हुने सक्ने टेलिकमले बताएको हो।
आइतवार काठमाडौको बत्तिसपुतली, गौशाला, ज्ञानेश्वर,कालोपुल, सिफल, मैतिदेबी, पुरानो बानेश्वर तथा आसपासका क्षेत्रहरु..
सोमवार,नक्साल, गैरीधारा, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल तथा आसपासका क्षेत्रहरु
मंगलवार, थानकोट, मातातिर्थ, दहचोक , नैकाप, बलम्बु, सतुंगल तथा आसपासका क्षेत्रहरु..
टेलिकमले मोबाइल सेवामा समस्या आएमा एक पटक मोवाइल सेट अफ गरेर अन गर्ने पनि आग्रह गरेको छ ।


