add size 720x90
Searching...

नेपाली फुटबल टोली आज बहराइन जाँदै

postdate: Sunday, 4 August 2013 comment: 0 Tag:


२० साउन, काठमाडौ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली आज बहराइन जाँदै छ । भदौ १६ गतेबाट काठमाडौंमा सुरु हुने साफ च्याम्पियनसिप फुटबलको तयारीका क्रममा नेपाली राष्ट्रिय टोली आइतबार बहराइन जान लागेको हो । भ्रमणका क्रममा नेपाली टोलीले २ साता अभ्यासका साथै केही मैत्रिपूर्ण फुटबल खेल्नेछ ।

बहराइन जानुअघि एन्फाले शनिबार २५ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोली दुई सातापछि कुवेत जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफको तयारीका क्रममा ३० खेलाडी झण्डै दुई महिनादेखि प्रशिक्षणमा छन् ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन