add size 720x90
Searching...

गायक भरत क्षेत्रीको तीजको कोसेली “बसमै चढेर जाउ प्यारी” (फोटोसहित)

postdate: Sunday, 4 August 2013 comment: 0 Tag:



शिरिष मगर/बुटवल
साउन १७ गते । हिन्दु नारीहरुको महान चाड तिज नजिकिदै गर्दा तिजका गितहरुले बजार नै तताईरहेको छ ।

पछिल्लो समयमा धेरै सर्जकहरुले युवा पुस्ताहरुलाई मध्यनजर गरि तिजका गितहरुमा बढी माया प्रेमका कुरालाई डिस्को शैलीमा ढाल्दै लगेपनि गायक भरत क्षेत्री र गायिका जुना श्रीष मगरले भने यसपालीको तिजमा पनि घाँटी हेरी हाड निल्नु पर्छ भन्ने सन्देश सहित समाजमा अरुको देखासिकी गरेर उनिहरुकै जिवनयापनलाई अँगाल्न खोज्दा आई पर्ने समस्याहरुलाई जोड दिएका छन् । एल्बम “बसमै चढेर जाउ प्यारी” मा समाहित यो गितले अहिले बजारमा निस्केका अन्य गितहरु भन्दा फरक हुने उनीहरुको दाबी छ ।

बर्षमा एक पटक आउने चाडमा पनि छिमिकीले लगाएको जस्तो गहना र रातो साडी आफुलाई श्रीमान्ले नकिन्दिएपछि घरमा हुने कलह र मनमुटावलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । उक्त गीतको म्युजिक भिडियो पनि छायाँकन भएको छ । म्युजिक भिडियोमा नायिकाहरु अप्सरा थापा र उषा सुनारलाई साथ दिन नायक रमेश पराजुली र हरि शाक्य कम्मर मर्काइमर्काइ नाच्दै थिए भने निर्देशक कुमार के.सी पनि स्टेप सिकाउँदैमा व्यस्त थिए । म्युजिक भिडियोको छायाँकन करण चौसिरले गरेका थिए । मञ्जु फिल्मस्ले निर्माण गरेको उक्त भिडियोलाई प्रशान्ती डिजिटल क्यासेट कम्पनीले प्रवद्रर्धन गरेको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन