add size 720x90
Searching...

वाणिज्यदूत ढकालले ओहोदाको प्रमाणपत्र पेस गरे

postdate: Friday, 19 July 2013 comment: 0 Tag:


केहि महिना अघी नेपाल सरकारको तर्फबाट अमेरिकाको क्यालिफोर्निया राज्यको सानडियागो क्षेत्रका लागि बाणिज्यदूत नियुक्त हुनुभएका ऋषी ढकालले औपचारीक रुपमा पदको प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।
सोमबार अमेरिकाको लागि नेपाली दुतावास वासिंटन डिसीमा भएको एक बिषेश कार्यक्रमका बिच बाणिज्युदत ढकालले पदको प्रमाणपत्र ग्रहण गर्नुभएको हो । प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डाक्टर शंकर शर्माले ढकाललाई नेपाल सरकारद्धारा वाणिज्यदूतमा नियुक्त गरिएको पत्र, बाणिज्यदुतको परिचय पत्र र नेपाल सरकारको झण्डा प्रदान गर्नुभएको थियो ।
परिचय पत्र तथा झण्डा हस्तान्तरण पछि राजदुत डाक्टर शंकर शर्माले ढकाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । गोरखा जिल्लामा जन्मनुभएका ढकाल बिगत सात बर्ष देखी क्यालिफोर्नियाको लस एन्जलसमा ब्यवसाय गर्दै आउनुभएको छ । ह्वाईट हिमाल टेलिभिजनको बिशिष्ठ सदस्य समेत रहनुभएका ढकाल क्यालिफोर्नियाको लस एन्जलसमा रहेको पशुपती फाउण्डेशनको संस्थापक कोषाध्यक्ष, अमेरिका नेपाल चेम्बर अफ कमर्शको संस्थापक महासचिव लगाएत बिभिन्न सामाजीक संस्थामा रहदै आउनुभएको छ ।
ढकाललाई बाबुराम भट्टराई नेतृत्वको सराकारको पालामा नै बाणिज्यदुतमा नियुक्त गरिएको भए पनि नेपाल र अमेरिका दुबै तर्फको कागजि प्रकृयाले गर्दा औपचारीक प्रमाण पत्र ग्रहण गर्न केहि ढिला भएको बताइएको छ। औपचारीक रुपमा पदको प्रमाणपत्र ग्रहण गरे पश्चात ह्वाईट हिमाल टेलिभिजनसंग कुरा गर्दै बाणिज्यदुत ढकालले आफु लाई नेपाल सरकारले गरेको नियुक्तीले सामाजीक काममा लाग्न र देशको सेवा गर्न झनै हौसला मिलेको बताउनुभयो । ढकालले आफुले बाणिज्यदुतको रुपमा आफुले नेपालको ब्यवसायीक तथा पर्यटन प्रवद्धनका साथै नेपालीको हितमा काम गर्ने बताउनुभयो ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन