add size 720x90
Searching...

वर्षाका कारण बेनी–मालढुङ्गा सडक अवरुद्ध

postdate: Thursday, 18 July 2013 comment: 0 Tag:



४ साउन, पर्वत । बिहीबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा बेनी सडक अवरुद्ध बनेको छ ।

सडक खण्डअन्तर्गत नाङलिवाङ– ९ स्थित लस्तीमा माथिबाट आएको पहिरोले सडक पुरिँदा आज बिहानैदेखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र अहिले जिल्ला प्रहरी कार्यालयको टोली लस्तीमा पुगिसकेको छ । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भइरहेको प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जानकारी दिए ।

उनले भने– डोजर बोलाएर सडक खुलाउनका लागि पहल भइरहेको भए पनि वर्षाले गर्दा समस्या भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा अवरुद्ध बनेका छन् भने अन्यत्रबाट आएका सवारीसाधन खनियाँघाटमा अलपत्र बनेका छन् ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन