add size 720x90
Searching...

एक युवाद्धारा ५ जनाको छुरीहानी हत्या

postdate: Monday, 29 July 2013 comment: 0 Tag:


१४ साउन, एजेन्सी । एकजना चिनियाँ युवाले छुरीहानी ५ जनाको हत्या गरेको छ । उनको निजी व्यापार र घरजग्गा सम्बन्धी विवादमा ती युवाले छुरी हानेर ५ जनाको हत्या गर्नुको साथै अरु केहीलाई घाइते बनाएका थिए ।

गत बिहीबार नै भएको यस हत्याकाण्डको समाचार सोमबारका चिनियाँ सञ्चारमाध्यमहरुले दिएका छन् । ती सञ्चारका अनुसार यसरी हत्या गर्ने ती ३८ वर्षीय युवालाई प्रहरीले सोमबारै नियन्त्रणमा लिएको छ ।

पाँचजनाको हत्या गरेपछि ती युवा भागेका थिए । उनलाई प्रहरीले निकै कडा निगरानीका साथ खोजी गरेको र सोमबार मात्र नियन्त्रणमा लिन सकेको जनाएको छ ।

दिङ जिनुवा नाम गरेका ती युवकले हेनान प्रान्तको युजाउ नामक गाउँमा सो हत्या गरेका थिए । सुरुमा तीनजनाको हत्या गरेका र पछि उक्त हत्याकाण्ड रोक्न प्रयत्न गर्ने ट्याक्सी चालकलाई छुरी हानेका थिए ।

ती ट्याक्सी चालक र उनकै गाउँका एकजना व्यापारी महिलासमेत गरी छुरी धसेरै उनले पाँचजनाको हत्या गरेका थिए । झगडाको कारण घर जग्गा विवाद रहेको प्रहरीले बताएको छ ।   





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन