अब जेलबाहिर पनि कैदी

काठमाडौं १० साउन
राम्रो आचरण भएको कैदीले जेलबाहिर गएर जागिर खान पाउने र परिवारसँगै जेलमा बस्न पाउने गरी खुला कारागार अवधारणा लागू हुने भएको छ । यो अवधारणा यसै वर्षदेखि लागू गर्न लागिएको हो ।
पाँच वर्षभन्दा लामो प्रयासपछि सरकारले यस वर्ष खुला कारागार निर्माणका लागि बजेट छुट्याएसँगै सरकारले सुध्रिएका कैदीलाई निगरानीमा राखेर स्वतन्त्रमा दिन लागेको हो । बजेट आएसँगै ५/६ महिनाभित्रै खुला कारागार सञ्चालनमा खबर आजको नयाँ पत्रिकले छापेको छ ।
तीन सयजना कैदी राख्न सकिने गरी सरकराले यसअघि नै खुला कारागार निर्माणको प्रक्रिया अघि बढाइसकेको छ । बाँकेको गनाहपुर गाविसमा खुला कारागार निर्माणका लागि विभागले जग्गामा समेत तय गरिसकेको छ ।
खुला कारागारमा कैदीहरु परिवासँग बस्न पाउनेछन् तर उनीहरुले अन्य कैदीले जस्तो राज्यबाट पाउने सुविधा पाउँदैनन् । आफै काम गर्नुपर्ने हुन्छ ।’खुला कारागारमा बस्नेहरु दिनभर जेलबारि गएर बस्न सक्छन भने बेलुका जेलमै फर्कनुपर्ने हुन्छ ।
पिरामिड डिजाइनर्स नामक कन्सलटेन्सीमार्फत विभागले खुला कारागारको मास्टरप्लासन समेत बनाइसको छ । पाँच वर्षभन्दा लामो समयदेखि गृह मन्त्रालयले खुला कारागार निर्माणको लागि पहल गरे पनि बजेट अभावका कारण सफल हुन सकेको थिएन । तर, यो वर्ष भने योजना साकार हुने कारागार व्यवस्था विभागका अधिकारीहरु बताउँछन् । यसले जेल प्रणालीमा धेरै सुधा ल्याउने उनीहरुको विश्वास छ । दैनिक भत्तालगायतको सुविधा पनि दिनु नपर्ने भएकाले राज्यको खर्च पनि कम हुने विभागको विश्वास छ ।
छुट्ला है
कैदी पाल्न बार्षिक ५५ करोड खर्च
विश्वका धेरै देशमा राम्रो आचरण भएका कैदीलाई खुला कारगारमा राख्ने गरिन्छ । कैदीहरु काममा लाग्दा त्यसबाट राज्यले पनि फाइदा लिने प्रहरी अधिकारीको बताउँछन् । जेलहर अपराधको केन्द बन्दे गइरहेको अवस्थामा यो अवधारणा अनुसार खुला कारागार सञ्चालन हुन सके अपराध न्यूनिकरणमा पनि यसले सहयोग गर्ने विश्वास लिन सकिन्छ ।

