add size 720x90
Searching...

रोजगारीकालागि हिँडेका दुई जना बेपत्ता

postdate: Wednesday, 17 July 2013 comment: 0 Tag:


नयाँ दिल्ली, श्रावण २ - बाँके जिल्लाबाट रोजगारीकालागि गुजरातको सुरत हिंडेका दुई चिनारु दुई सातादेखि बेपत्ता रहेको भन्दै एक जिल्लाबासी दिल्लीस्थित दुतावासमा खोजबिनको आग्रह गर्न आइपुगेका छन् ।
बाँकेस्थित बागेश्वरी गाविसका पूर्व अध्यक्ष खड्गबहादुर कामीका अनुसार आफ्नै गाउँका ६२ वर्षीय वीरबहादुर कुमाल र १७ वर्षीय कमल रैदास कामको खोजीमा असार १५ मा निजामुद्धिन रेल्वे स्टेशनबाट छुटेका हुन् । कामीका छोरा फत्तेसिंहले सुरतमा खोलेको चाइनिज खानेकुरा बेच्ने ठेलागाडीमा काम गर्न हिँडेका यी दुई जनता एक्सप्रेसमा चढेको तर, अझै सम्पर्कहीन रहेको विवरण टिपाएका छन् ।
‘म यी दुईलाई खोज्दै यहाँका रेल्वे स्टेशनहरुमा पुगिसकें, तर कतै भेटेको छैन,’खड्गबहादुरले भने,‘अब सुरत हुँदै मुम्बइसम्म पुग्नेछु, दुतावासले पनि खोजबिनकालागि सहयोग गरिदेला कि भनेर यहाँ आएको हुँ ।’ खड्गबहादुर सम्पर्कहीन वीरबहादुर र कमलको तस्बिर साथैमा राखेर खोजबीनमा निस्केका छन् ।  





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन