अमेरिकामा दुर्घटना, घरभित्रै छिर्यो विमान

१० साउन,एजेन्सी। अमेरिकाको इण्डियाना राज्यमा एउटा विमान घर भित्रै छिरेर दुर्घटनामा परेको छ। विमान घरमा ठोक्दिदै भित्र छिरेपछि सो घरमा आगलागी भयो तर घट्नामा हाल सम्म कसैको ज्यान गएको छैन् । इण्डियाना राज्य प्रहरीका अनुसार घट्ना बिहिबार विहान घटेको हो,घट्नास्थल इण्डियनपोलिसबाट ४० माइलको दुरीमा पर्दछ।
विश टिभिले जनाए अनुसार विमान मात्र २ जना सवार थिए र दुबै जनालाई हाल घाइते अवस्थामा नजिकैको अस्पतालमा लगिएको छ।
विमान घरमा ठोक्किएको समयमा एक जना व्यक्ति घरमै रहेको तर उनलाई केही नभएको पनि विश टिभिले जनाएको छ।
आगो निभाउने कर्मचारीले घरमा लागेको आगो भने निभाएका छन् तर घर क्षतिग्रस्त बनेको छ। दुर्घटनामा परेको विमान सानो भएको अधिकारीहरुले बताएका छन्


