सामसुङका तीन ग्यालेक्सी संस्करण बजारमा

स्मार्टफोनको बजारमा अधिकांश हिस्सा ओगटेको सामसुङले फेरी तीन मोडलका ग्यालेक्सी संस्करण नेपालमा भित्राएको छ । सामसुङ ग्यालेक्सी मेगा, ग्यालेक्सी कोर र ग्यालेक्सी पकेट नियो नामक ती मोडलका स्मार्टफोनमा एण्ड्रोइड अपरेटिङ सिष्टमको आकर्षक विशेषता समावेश छन् ।
१ दशमलव ५ जीबी र्यामसहितको ग्यालेक्सी मेगा ठूलो स्क्रीनको चाहना गर्ने उपभोक्ताका लागि उपयोगी हुन सक्छ । यसमा ५ दशमलव ८ इञ्चको स्क्रीन प्रयोग गरिएको छ । १ दशमलव ४ गिगाहर्जको डुअल कोर प्रासेसर रहेको यो स्मार्टफोन एप्लिकेशनको ‘हाई रनिङ’का लागि निकै राम्रो मान्न सकिन्छ । यो प्रोसेसर सुविधाले बारम्बार मोबाइल ह्याङ हुने समस्या पनि समाधान गर्न सक्छ । जेलिबिनको सबैभन्दा पछिल्लो संस्करण ९४।२।२०को अपरेटिङ सिष्टम यसमा प्रयोग गरिएको छ । ८ जीबी आन्तरिक मेमोरी रहेको यो मोबाइलमा ६४ जीबीसम्म मेमोरी चिप प्रयोग गरेर सिष्टमलाई सजिलै रन गर्न सकिन्छ । यसको बजार मूल्य ४४ हजार रुपैयाँ छ ।
दुईओटा सिम प्रयोग गर्न सकिने ग्यालेक्सी कोरको स्क्रीन भने मेगाको भन्दा केही सानो छ । यसमा ४ दशमलव ३ इञ्चको स्क्रीन रहेको छ । १ जीबी र्यामको सुविधा रहेको कोरमा १ दशमलव २ गिगाहर्जको प्रोसेसिङ क्षमता छ । मेगाको जस्तै समान ८ जीबी आन्तरिक मेमोरी र ६४ जीबीसम्म मेमोरी विस्तार गर्न सक्ने सुविधा यसमा पनि उपलब्ध छ । २८ हजार ५ सय रुपैयाँ पर्ने यो स्मार्टफोनमा भने जेलिबिनको ४ दशमलव १ संस्करणको अपरेटिङ सिष्टम प्रयोग गरिएको छ । ग्यालेक्सी पकेट नियोको बनावट सजिलैसँग खल्तीमा बोकेर हिँड्न सक्ने गरी निर्माण गरिएको छ । वाईफाई इण्टरनेट र नक्साका लागि उपायेगी हुने जीपीएसको सुविधा यसमा उपलब्ध छ । ४ जीबीको आन्तरिक मेमोरी रहेको यो मोबाइलमा ३२ जीबीसम्म मेमोरी क्षमता बढाउन सकिन्छ । यसको बजार मूल्य रू। १२ हजार ३ सय निर्धारण गरिएको छ ।