जीवन र निता सर्वोत्कृष्ट, सायदलाई ६ अवार

जीवन लुईटेल र निता ढुँगाना बर्षको उत्कृष्ट अभिनेता अभिनेत्री सावित भएका छन् । शनिबार राजधानीमा सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा यी दुई सर्वोत्कृष्ट भएका हुन् । आफ्ना बाँकी चार प्रतिस्पर्धी अभिनेतालाई पछि पार्दै चलचित्र मालतीको भट्टीबाट जीबन लुईटेलले‘शिब सर्वोत्कृष्ट अभिनेता एनफएडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरे । यस्तै चलचित्र नोटबुकबाट निता ढुँगानाले ‘भुवन सर्वोत्कृष्ट अभिनेत्री एनफएडिसी राष्ट्रिय चलचित्र पुरस्कार पाईन् ।
दुबैले अवार्ड सहित जनही ५१ हजार रुपैयाँ पाए । नेपाल चलचित्र विकाश कम्पनीले नेपाली चलचित्र निर्माण ५० वर्षको अबसरमा शनिबार राजधानीमा भव्य समारोह माझ ‘एनफएडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०६९’ आयोजना गरेको हो । अवार्डमा सहभागी चलचित्र मध्य सबै भन्दा बढी विधामा पुरस्कार जितेको चलचित्र सायद सर्वोत्कृष्ट सिनेमा सावित भयो । सायदले ‘हिरा सर्वोत्कृष्ट चलचित्र एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ जित्यो ।
‘कुसुमेरुमाल सर्वोत्कृष्ट व्यबसायी चलचित्र पुरस्कार’ पनि चलचित्र सायदले नै प्राप्त ग¥यो । यसरी दुई अवार्डबाट ५१/५१ हजार रुपैयाँ यो फिल्मका निर्माता सुनिल रावलले पाए । यस्तै चलचित्र सायदबाटै निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले ‘प्रकाश सर्वोत्कृष्ट निर्देशक एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ पाए । उनले सायदबाटै ‘चेतन सर्वोत्कृष्ट पटकथा लेखन एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ पनि जिते । यसरी सुब्बाले निर्देशनबापत एक लाख ११ रुपैयाँ र लेखन बापत ५१ हजारी गरी एक लाख ६२ हजार रुपैयाँ पाए । चलचित्र सायदबाटै अभिनेता सँयम पुरीले ‘मह जुरी एनएफडिसी राष्ट्रिय पुस्कार’ प्राप्त गरे । उनले पनि ट्रफीसँगै ५१ हजार रुपैयाँ प्राप्त गरे । चलचित्र सायदबाटै छायाँकार सँजय लामाले ‘मञ्जु सर्वोत्कृष्ट छायाँकार एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ जिते ।
यसरी सायदले उत्कृष्ट ६ विधामा अवार्ड जितेको छ । सो कार्यक्रममा ‘नीर सर्वोत्कृष्ट सह अभिनेता एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र रिदमबाट विल्सन बिक्रम राईले प्राप्त गरे । अभिनेत्री करिश्मा मानन्धरले चलचित्र मायाज बारबाट ‘बसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ पाईन । यी सबैले जनही ५१ हजार रुपैयाँ र ट्रफी पाएका थिए । यस्तै ‘भुटानी सर्वोत्कृष्ट द्धन्द्ध निर्देशक एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र हमेशाबाट द्धन्द्ध निर्देशक चन्द्र पन्तले जिते । यस पटकको ‘शम्भुजित सर्वोत्कृष्ट संगीतकार एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’चलचित्र मायाज बारबाट शुरेश अधिकारीले प्राप्त गरे ।
‘उदित सर्वोत्कृष्ट पाश्र्व गायन एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र रिदमको पागल म बन्न सक्छु।।। गीतका गायक स्वरुपराज आचार्यले प्राप्त गरे । ‘प्रदीप सर्वोत्कृष्ट पुनः ध्वानी मुद्रण एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र फुलबाट राजकृष्ण श्रेष्ठ र सुनयमान श्रेष्ठले सँयुक्त रुपमा प्राप्त गरे । ‘बसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र के म तिम्रो साथी बन्न सक्छुको शिर्ष गीतको नृत्यबाट कविराज गहतराजले प्राप्त गरे । यस्तै ‘पुस्करलाल सर्वोत्कृष्ट पत्रकारिता एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार पुरस्कार’ पत्रकार बिदूर गिरीले प्राप्त गरे । यी सबै पुरस्कार बिजेतालाई ट्रफी र प्रमाणपत्रसँगै जनही ५१ हजार रुपैया प्रदान गरियो ।
र्ड समारोह सँगीतमय भएको थियो । आफ्नो नामबाट स्थापित अवार्ड दिन मञ्चमा पुगेका गायक उदित नारायण झाले पत्नी गायिका दीपा नारायण झासँग मिलेर आफ्ना चर्चित आधा दर्जन भन्दा बढी गीत गाए । झा दम्पतीको गीतमा दर्शक निरन्तर मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा राजेश पायल राई, दीपक लिम्बु, अञ्जु पन्त, स्वरुपराज आचार्य, माण्डबी त्रिपाठी, प्रल्हाद तिमिल्सिना, दुर्गा परियारले पनि आफ्ना यो वर्षका विभिन्न चलचित्रका गीत गायक कार्यक्रमलाई सँगीतमय तुल्याए । अग्रज देखि नयाँ पुस्तासम्मको नृत्य पनि त्यतीकै आकर्षक थियो ।
नेपालकी प्रथम नायिका भुवन चन्दसँग, बसुन्धरा भुसाल, चैत्यदेबीसँगै शिब श्रेष्ठ, भुवन केसी, मौसमी मल्ल जस्ता अघिल्ला पुस्ताको नृत्य पनि पुरस्कार प्रदान समारोहको आकर्षक बन्यो । नयाँ पुस्ताका बीरेन श्रेष्ठ, गरिमा पन्त, शुशिल क्षत्री, नन्दिता केसी, मुकेश आचार्य, निरज बराल, बेनिशा हमाल, गजित बिष्ट, निता ढुँगाना, नम्रता सपकोटा, राज आचार्य, निश्मा घिमिरे लगायतको नृत्यमा पनि दर्शकले मनोरञ्जन लिए । दीपक राज गिरी र दिपाश्रीले निरौलाले गायक उदितनारायण झा र दीपा झा माथि प्रहसन गरेर दर्शकलाई कम्ता हँसाएनन् । कार्यक्रम जती भव्य बनेको थियो । त्यतीकै कमजोरी पनि थियो ।
कार्यक्रममा राजेश हमालले राम्रो उद्घोषण गरेका थिए आयुस रिजाल र प्रियकाँ कार्कीको उद्घोषणलाई दर्शकले लामो गनथन भनेर बारम्बार टिप्पणी गरेका थिए । जसको नामबाट चलचित्रको पुस्कार स्थापना गरिएको थियो, उनीहरु सबैले राम्रैसँग मन्तव्य दिएका कारण अवार्ड समारोह सम्पन्न हुन ६ घन्टा लाग्यो ।


