अब तपाईको टिभीमै युट्युब...(तस्विरसहित)

१० साउन, काठमाडौ । विश्वको सबैभन्दा चर्चित वेव कम्पनी गुगलले अब फेरी एउटा नयाँ प्रविधी सार्वजनिक गरेको छ । गुगलले एउटा यस्तो प्रविधीको विकास गरेको छ जुन प्रविधीको प्रयोगले तपाईले युट्युबका भिडियोहरू सहजै टेलिभिजनको ठूलो पर्दामा हेर्न पाउनुहुनेछ ।
तपाईको ल्यापटप या कम्प्युटरमा युट्युब या कुनै भिडियो या कुनै अन्य काम गर्न पनि तपाईले ताररहित प्रविधी प्रयोग गरेर आफ्नो टेलिभिजनमा इन्टरनेटका सामग्री हेर्न पाउनुहुनेछ । गुगलले क्रोमकास्ट नामको एक उपकरण ल्याएको छ जुन उपकरणको प्रयोग बाट यी सबै सम्भव हुनेछ ।
तपाई आफ्नो ल्यापटप या डेस्कटपबाट कुनै भिडियो चलाउनुस् र ठुलो पर्दामा हेर्नुस्, यो उपकरणले तपाईलाई सहज बनाइदिने छ । गुगलले ल्याएको यो उपकरणले सहजै तपाईको ल्यापटपका भिडियोलाई टेलिभिजनमा जोडिदिन्छ र ठुलो पर्दामा हेर्न सहयोग गर्छ ।
यसको मूल्य पनि त्यति धेरै छैन् । बजारमा सार्वजनिक भइसकेको यो उपकरणको मूल्य मात्र २२ पाउन्ड पर्छ ।


