रोनाल्डोको फ्रिकिकिले बाललको हात भाँचियो

काठमाडौँ १० साउन (एजेन्सी)
रियल म्याड्रिडका स्ट्राइकर त्रिस्टियानो रोनाल्डोले प्रहार गरेको फ्रिकिकले ११ वर्षीय चार्लिस सिल्भेरउडको बायाँ वायाँ नाडी भाँचिएको छ । रियल म्याड्रिड र बोनेमाउबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा रोनाल्डोले २५ यार्ड टाढाबाट फ्रिकिक प्रहार गरका थिए । रोनाल्डोको फ्रिकिक सिधै पोस्टपछाडि ६० पाउन्ड फर्खेर फुटबल हेरिरेका चार्लिसको बायाँ हातमा लागेको थियो ।
खेलको ८४औं मिनेटमा रोनाल्डोको फ्रिकिकबाट प्रहारित बललाई चार्लिसका पिताले छलेका थिए । तर, छोरो चार्लिसले भने बललाई ठम्याउन सकेनन् । सुरुमा चार्लिसले सामान्य दुखेको प्रतिक्रिया जनाए । तर पछि चार्लिसलाई धेरै दुखेको अनुभव भयो । तत्कालै चार्लिसलाई अस्पताल लगियो । एक्स रे रिपोर्टमा उनको बायाँ हातको दुईवटा हड्डी भाँचिएको देखियो ।
चिकित्सकका अनुसार अब उनी कम्तीमा ६ साता विद्यालय जान सक्दैनन् । आफ्नो मनपर्ने फुटबलद्धारा प्रहारित बलले नाडी भाँचेपछि चार्लिसले भने त्यो क्षण पीडादायी थियो रोनाल्डोले मेरो हात भाँचेको साथीहरूलाई सुनाउँदा कसैले पत्याएनन् । वास्तवमा मेरो यो हालत उनले गरेका हुन् । चार्लिसले रोनान्डोको फ्रिककलाई ध्यानपूर्वक हेरको बताएका छन् । तीबगतिमा बल आफूतिर आएको थाहा नपाएको उनले सुनाए । म बसको ठाउँमै बल आइरहेको थियो, पोस्ट नाघ्दै बल मेरो मुखसम्म आइसकेको थियो, मुख बचाउने क्रममा मैले दुवै हात उठाए । चार्लिसले भने मेरो बाँया हातमा बलले लागेको थियो नजिकै मेरो पिता पनि हुनुहुन्थ्यो । म तर्फ बल आइरहँदा उहाँ चिच्याइरहनुभएको थियो । यता रोनाल्डोले चार्लिससँग माफी माग्दै भने मेरो कारण उनको हात भाँचियो यसबाट म निकै दुखी छु । बालक चार्लिसलाई खुसी पार्न रोनाल्डोले बुधवार बल तथा रियल म्याड्रिडको जर्सी उपहारस्वरुप दिएको स्पेनिस एजेन्सीहरुले बताएको खबर आजको नयाँपत्रिकाले छापेको छ ।
- See more at: http://www.khabarpati.com/2013/07/r.html#sthash.tkojHTXA.dpuf


