add size 720x90
Searching...

मलाई अस्लिल बोल्न लगाइयो’ –सबिना कार्की(भिडियो सहित)

postdate: Wednesday, 17 July 2013 comment: 0 Tag:


काठमाडौं । नायिका सविना कार्कीले चलचित्र ‘एटिएम’मा आमा चकारी गाली गरेको दृष्ययुक्त ‘प्रोमो’ बजारमा आएपछि उनले निकै तनाव भोग्नु परयो ।
सो प्रोमो र दृष्यकै कारण चलचित्र एटिएम प्रतिबन्ध समेत भयो । यो चलचित्रले पुनराबेदन अदातल पाटनमा दुई साता अघि मुद्धा जितेको छ ।
सेन्सर बोर्डले काटेको सबै अस्लिल दृष्य काटेर सो फिल्म देखाउन पाईने फैसला अदालतले गरेको छ । नायिका सविना कार्कीले सो फिल्ममा किन अस्लिल बोलिन त ? उनले यस विषयमा सम्बाद अनलाईनसँग गरेको कुराकानी यस प्रकार छः
‘बास्तबमा भन्नु पर्दा फिल्म एटिएमका निर्देशकले मलाई थाहै्र नदिई अस्लिल गाली खिचेर पर्दामा ल्याएका हुन् । यसलाई म ब्लाकमेलिङ तथा गलत काम भन्छु । एउटा जिम्मेबार निर्देशकले यस्तो काम गर्नु हुँदैन थियो ।’
सो दृष्य छायाँकन बारे सम्झँदै सविनाले भनिन्,‘एउटा कोठामा हामी तीन नायिका थियौं । निर्देशक यादब सिलवार र छायाँकार कोठाभित्र थिए । क्यामेरा बन्द गरिएको हामीलाई बताईएको थियो ।’
त्यसपछि के भयो भन्ने जिज्ञासामा उनले भनिन्,‘तिमीहरु जती सक्छौ, अस्लिल बोलेर आपसमा झगडा गर भन्ने निर्देशन यादब सरले दिनु भयो । त्यो झगडा नखिच्ने सर्त थियो । निर्देशकको निर्देशन पालना गर्दै हामीले झगडा ग¥यौं । निर्देशकले हामीलाई अस्लिल बोल्न जोस्याएपछि मैले अस्लिल गाली गरें । ’
त्यो अस्लिल गाली अभ्यासको क्रममा बोलेको बताउँदै उनले भनिन,‘तर त्यो अस्लिल गालीलाई सुटुक्क क्यामेराले खिचिएको रहेछ । जब एटिएमको प्रोमो यु टयुवमा लोड भयो । मलाई साथीहरुबाट फोन आयो । धेरैले गाली पनि गरे । केहीले सम्झाए । सुरुमा त मलाई किन गाली गरेको होला भनेर अचम्म लाग्यो । जब आफ्नै प्रोमो युट्युवमा हेरें । त्यतीबेला म त छाँगाबाट खसेजस्ती भएँ । मैले निर्देशकलाई फोन गरेर यस्तो दृष्य किन खिचेर राखेको भनेर प्रश्न गरें । सिनेमा चलाउन यस्तो दृष्यलाई सामान्य रुपमा लिनु पर्ने जवाफ दिँदै निर्देशकले फोन राख्नु भयो । त्यतीबेला म अत्यन्त तनावमा परें । जीवनमा मैले सबै भन्दा ठुलो गल्ती गरेको महसुृस भयो । पछि त्यो प्रोमोले मलाई सर्वजनिक रुपमा हिडन पनि निकै गाह्रो बनायो ।’
एकछिन रोकिँदै नायिका सविना कार्कीले भनिन्,‘यसरी रियल्सल गराएको क्रममा गरेको आमाचकारी गाली अबैध रुपमा खिचेर युट्युवमा राखिएको हो । मलाई एटिएममा यसरी फसाईयो ।अरुलाई यस्तो नगरियोस भन्ने सम्पूर्ण निर्देशकज्यूहरुलाई मेरो अनुरोध छ ।’
उनले अगाडि थपिन्,‘अब एटिएम रिलिज हुँदैछ । जस्तो भएपनि मैले यसमा राम्रो काम गरेकी छु । दर्शकले मेरो त्यो अस्लिल सम्बादलाई विर्सेर फिल्म हेर्नु हुनेछ । मैले गरेको कामलाई मन पराउनु हुनेछ भन्ने विश्वास लिएकी छु ।’






सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन