तस्कार छुटाउन जेलबाटै नेताको फोन

२२ साउन, काठमाडौं ।
उनी आफैं भ्रष्टाचारको अभियोगमा जेलमा छन् । र भित्रैबाट बन्यजन्तुका अंग ओसारपसार गरेको आरोपमा जेल परेका बन्दी छुटाउन दबाब दिन्छन् ।
अभियुक्त छुटाउन फोनबाट दबाब दिनेमध्ये एक हुन, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का ।
खड्का मात्र नभई वन्यजन्तुका अंग ओसारपसार सम्बन्धी अभियोग लागेकाबन्दी छुटाउन मन्त्रिपरिषद कार्यालय, कांग्रेस नेता बलबहादुर केसी, पुर्वमन्त्रीहरुलगायतबाट समेत दबाब आईरहेको वन कार्यालयका कर्मचारी बताउँछन् । दबाब बढ्नुमा शक्तिकेन्द्रसँग कुनै न कुनै रुपले सम्पर्क र सम्बन्ध भएका व्यक्ति वन्यजन्तुका अंग ओसारपसार संलग्न हुन नै मुख्य कारण भएको नागरिक दैनिकले खबर छापेको छ ।

