add size 720x90
Searching...

आमाले बगेर तल पुगुन्जेल सहयोगका लागि हात हल्लाइरहनुभएको थियो तर मैले बचाउन सकिन, आमा हेर्दाहेर्दै विलय हुनुभो:रञ्जिता राम,सखुवा २ सर्लाहीकी

postdate: Monday, 5 August 2013 comment: 0 Tag:



आफ्नै आँखा अगाडि परिवारको कोही सदस्य गुमाउनु पर्दा कस्तो होला अझै त्यस माथि जन्म दिने आमालाई सदाको लागी गुमाउनु पर्दा एउटी छोरीको के हाल होला ? यस्तै पिडा भोग्नु पर्यो सोमबार विहान कमला नदि किनारमा सखुवा( २ सर्लाहीकी रञ्जिता रामले । कमला नदिको पानी संगै सदाको लागी संसारबाट हराउँदै गरेकी आफ्नी आमालाई आसुले भरिएका आखाँले लाचार बनेर हेरिन मात्र न त उनले एकलै छोडेर नजानुस न भनेर रञ्जिताकी आमा नजान सक्थिन किन कि त्यो घटना उनिहरु कसैको बसको थिएन् । आमालाई नदिले बगाउँदै लग्यो रञ्जिताले आफ्नी आमालाई विवस बनेर सदाको लागी विदा गर्नु पर्यो उनि आमा संग संगै जान पनि सकिनन् । उनको वास्तविक तर दुखद कथा उनकै शब्दमा:-

…म साथीहरूसँग आइतबार दिउँसो सिन्धुलीको महादेव मन्दिर जाने तयारी मा थिएँ । आमाले तँ एक्लै नजा म पनि जान्छु भन्नुभो, त्यसपछि हामी ट्याक्टर चढेर आयौं । मलाई नाम थाहा छैन, यही नदीभन्दा केही पर बेलुका बास बस्यौं ९रानीवासको चन्दनपुर० । बिहान ५ बज्दानबज्दै उठेर मन्दिर जाने बाटोतिर हिँड्यौं । १५ मिनेट हिँडेपछि ठूलो नदी आयो, कमला नदी रहेछ ।
नदी ठूलो भएकाले केहीबेर डिलमै बस्यौं । उज्यालो भएपछि अरू पनि नदी पार गर्न थाले । हाम्रो समूहले पनि हातमा हात समाएर पार गर्ने निर्णय लियो । हामी नदीमा पस्यौं । आमाले मेरो हात समाउनुभएको थियो, मैले अरूकै । आमाको हात पनि अरू दर्शनार्थीले समाएका थिए ।
तलपट्टि बसेर हात समाउने समूहलाई बाढीले लछार्न थालेपछि हात छोड्दै बग्न थाले । आमाको हात समाउनेले जोडले तानेकाले होला, मेरो हातबाट फुस्किएर नदीको भेलमा पर्नुभो । मेरो हात अर्को दाइले समाउनुभएको थियो । उहाँले मलाई छोड्नु भएन । आमा हेर्दाहेर्दै विलय हुनुभो, बगेर तल पुगुन्जेल सहयोगका लागि हात हल्लाइरहनुभएको थियो । अरूले पनि हात हल्लाएर बचाउको इसारा गर्दै थिए । ठूलो भेलमा पस्ने कसैले आँट गर्न सकेन ।
हेर्दाहेर्दै सबै बगे, विलय भए । उफ्रिँदै बचाउको सहायता माग्ने एकलाई उद्धार गरिएछ । त्यसमा मेरी आमा पर्नु भएन । एकछिन अघिसम्म सँगै रहेकी आमाको शव देख्नुपर्दा सपना जस्तो लागिरहेछ ।
धर्म गर्न आएको मन्दिरसम्म पुग्न सकिएन । आमालाई नदीले लग्यो, मलाई जीवनभर पछुतो हुनेभो । माया गर्ने आमा नै नभएपछि हाम्रो घरमा अब आँसुबाहेक केही हुने छैन ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन