add size 720x90
Searching...

आकर्षक देखिन केही टिप्स

postdate: Friday, 2 August 2013 comment: 0 Tag:


सुन्दर आकर्षक देखिन सबै चाहन्छन् र यसको लागि अनेक प्रयासहरु पनि गर्छन् । यस्ता प्रयासहरुमा
मेकअप मुख्य हो । तर सधै एकै खाले मेकअपले तपाई सुन्दर तथा आकर्षक देखिनु हुन्न ।

आफ्नो मेकअपको साथसाथ आफनो पहिरन र स्टायलमा पनि परिवर्तन गरी रहनुस् । यसले तपाईको आकर्षामा नयाँपन ल्याउँछ ।· पुराना कास्मेटिक्सहरु फालेर नयाँ मेकअप किट तयार गर्नुस् । कास्मेटिक एक्सपायर भइसकेका हुन सक्छन् । · महिनामा एक पटक फेसियल र स्पा गर्ने गर्नुस् मैनीक्योर पैडीक्योर पनि गराउनुस् । · बेसार कांक्रोको रस, बेसन, दही जस्ता घरेलु उपायहरु पनि गर्ने गर्नुस् ।

 · सुत्नु भन्दा अगाडि मेकअप सफा गर्नु नभुल्नुस् । · गहिरो निन्द्रा लिने गर्नुस् । · सुन्दर र आकर्ष देखिन राम्रो स्वास्थ्य पहिलो शर्त हो त्यसैले सबभन्दा अगाडि ढिलो सुत्ने र ढिलो उठने बानी त्याग्नुस् । चाडै सुत्नुस् चाडै उठ्नुस् र मर्निङवाक गर्नुस् । · विहानको खाजा अवश्य खानस् । · आफ्नो खानामा पिज्जा, बर्गर केक, चिया कफी चकलेट आदि कम गर्नुस् ।

· पानी, जूस, दुग्ध उत्पादनहरु, हरियो साग इत्यादिको महत्वलाई नभुल्नुस् । · आफू पनि खुशी रहनुस् र अरुलाई पनि खुशी राख्नुस् स्वस्थ जीवनको लागि यो जरुरी छ । · सुन्दर र आकर्षक देखिन मेकअप र राम्रो स्वास्थ्यका साथ साथै पहिरनको महत्वपूर्ण स्थान हुन्छ । त्यसैले आफ्नो बार्डरोवलाई व्यवस्थित गर्नुस् । · पहिरनको स्टायलमा पनि केही परिवर्तन गर्नुस् ।

 धेरै जसो हल्का कलरको लुगा लगाउनुहुन्छ भने कहिले कांही गाढा रंग पनि ट्राइ गर्नुस् । · कहिले कांही फैसन डिजाइनर वा स्टायलिष्टसँग सुझाब लिनु पनि उपयुक्त हुन्छ । ब्राण्डेडको पछाडि कुदनु भन्दा आफूलाई मनपर्ने लुगा खरिद गर्नुस् ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन