रेखा र छबीको सम्बन्ध नजीकिदै , जिबन साथी खोजीदिन एकले अर्कालाई आग्रह

साउन २३
अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा यतिबेला नया जिबनसाथीको खोजीमा छन् । १२ वर्षको वैवाहिक सम्बन्धलाई विश्राम दिएपछि पनि रजतपटमा निकै चर्चित रहेको उनिहरुले अहिले सम्म योग्य जिबन साथी भने भेट्टाएका छैनन् । एकले अर्काको सहयोग बिना अघी बढ्ने संकल्प लिएका दुबैले निर्माण गरेको चलचित्र काली र लोफरले प्रदर्सनमा आउनु अघाडीनै निक्कैनै चर्चा बटुल्न सफल भयो ।
दुबैको चलचित्र एकैसाथ प्रशारण हुने हल्लाले पनि मिडीयामा राम्रै स्थान पायो । अन्तत यी दुई चलचित्र भिन्दा भिन्दै मितिमा प्रशारण हुने भएका छन् रेखा छविको सम्बन्ध यति नजिक भएको छ कि उनीहरु एक अर्कालाई जीवनसाथी आवश्यक परेको कुरा सेयर गर्न पछि पर्दैनन् । रिसाउँदा एक अर्काको फोन रिसभ नगर्ने पूर्व दम्पती बिच अहिले भने लामै संवाद चल्ने गरेको छ ।
फोनमा होस् या भेटमा यो जोडी हिजोआज निकै खुला देखिन्छ । छविलाई ड्याडी भन्दै रेखा घोचपेच गर्छिन् भने छवि मेरो बाबा भन्दै रेखालाई फकाउँछन् । कुरा घोचपेचमा मात्रै सिमित हुँदैन । रेखालाई नयाँ जीवनसाथी खोज्देऊ भन्न पनि पछी पर्दैनन्, छवि । छबीले रेखा मलाई १६ बर्षे केटी खोज्देऊ समेत भन्ने गरेको र रेखाले हाँस्दै ड्याडी तपाई आफै ट्यालेन्ट हुनुहुन्छ नि भन्ने गरेको समाचारमा जनाईएको छ ।
कहाँ ड्याडीलाई केटी खोज्ने फुर्सद हुनु ? के छबिले साँच्चिकै बुढेसकालको साहारा खोजेका हुन् त ? म अझै जवान नै छु कसैले पत्याई पो हाल्छ कि, छबिले जिस्कंदै भने । छबिले अब बिहे भने नगर्ने बताएका छन् । काली फिल्मबाट व्यावसायिक सम्बन्धमा सुधार ल्याएका रेखा छविले व्यक्तिगत सम्बन्धमा पनि सुधार ल्याए अचम्म नमान्दा हुन्छ ।


