add size 720x90
Searching...

चक्रेसंग फोटो खिचाउने प्रहरी कारवाहीमा

postdate: Wednesday, 7 August 2013 comment: 0 Tag:


२४ साउन,काठमाडौ। केन्द्रिय कारागारमा जेल सजाय भुक्तान गर्दै आइरहेका डन चक्रे मिलन भनिने मिलन गुरुङसंग पोज दिएर फोटो खिचाउने प्रहरीहरु कारवाही परेको आज प्रकासित नयाँ पत्रिका दैनिकले लेखेको छ।
राज्यले अपराधीका भनेका व्यक्तिसंग पदिय आचरणविपरित फोटो खिचराएको भन्दै फोटो खिचाउने सहित ६ केन्द्रिय कारागरमा कार्यरत प्रहरीहरु कारवाहीमा परेका हुन् ।
६ जना प्रहरीलाई कारागारको जिम्मेवारीमा बाट मुक्त गराई दुइ नम्वर गणमा सरुवा गरिएको छ। कारवाहीको लागी एसपीको नेतृत्वमा छानविन समिति गठन गरिएको छ।
कारवाहीमा पर्नेहरुमा सइद्धय लेखबहादुर कार्की, उमाशंकर सिंह, असइ रमेश तिमल्सिना र प्रहरि जवानहरु महेश सुवेदी, गोविन्द चौलगाई, लक्ष्मण चौधरी र रतबहादुर धामी छन् ।
चक्रेलाई शिक्षण अस्पताल लैजाने क्रममा प्रहरीले चक्रेसंग फोटो खिचाएका थिए, पछि उक्त फोटो चक्रेको फेसबुकमा पोस्ट भएको थियो ।
chakre milan





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन