सलमानले रातको २ बजे गर्छन यस्तो काम...

धेरैलाई सलमान खानको पुरा नाम थाहा नहुन सक्छ ? उनको पुरा नाम हो अब्दुल राशिद सलीम सलमान खान । सन १९८९ मा चलचित्र 'मेने प्यार किया'बाट बलिउडमा पाइला राखेका यी सुपरस्टार ४७ वर्षको उमेर मा पनि उत्तिकै चर्चित छन्। धेरै गर्लफ्रेण्डका बाबजुत सलमानले अहिलेसम्म विवाह पनि गरेका छैनन् ।
त्यस्तै यहाँ सलमानको धेरैलाई थाहा नभऐको कुरा प्रस्तुत गरिएको छ। यो उमेरमा पनि सललमान जिममा कडा मेहतन गर्छन् र जतिसुकै व्यस्त समयका बाबजुतको उनको जिम छुट्दैन् । र यो भन्दा पनि रमाइलो कुरा उनिले रातको २ बजेपनि जिममा गएर वर्कआउट गर्ने गरेका छन।
सलमानले दिनमा ३ घण्टा जिममा बिताउने गरेका छन्। त्यसैले उनको शरिर निकै सुगठित, बलियो र सन्दर मानिन्छ। एक ताका उनले प्रत्येक चलचित्र आफ्नो शरिर देखाउनै लागी भए पनि शर्ट खोल्ने गरेका थिए ।
यसमै उनको सफलताको रहस्य समेत लुकेको छ। उनि जति सुकै प्रतिकुल अवस्थामा पनि नित्य कार्य छोड्दैनन्।


