एकै ठाउँबाट स्वास्थ्य सेवा र लोककल्याणकारी काम

ललितपुर, साउन १४ गते । ललितपुर उपमहानगरपालिका समाजकल्याण महाशाखाले एउटै ठाउँबाट प्रत्यक्ष जनसरोकारको स्वास्थ्य सेवा, सामाजिक चेतना उठाउने शिक्षाप्रद कामसंगै लोककल्याणकारी काम गरिरहेको छ ।
ललितपुर पाटनढोकामा एउटा सानो भवनमा मातृ शिशु स्वास्थ्य क्लिनिक, सहरी स्वास्थ्य क्लिनिकमा प्राथमिक उपचार तथा प्रवद्र्धनात्मक स्वास्थ्य सेवासँगै सामाजिक समावेशीकरण र सेवाग्राहीको सीपमूलक व्यवसाय सञ्चालनका तालिम पनि त्यहीँबाट गरिँदैछ ।
सहरी स्वास्थ्य क्लिनिकमा श्वासप्रश्वास, छाला रोग, झाडापखालालगायत विपन्न समुदायको प्रमुख स्वास्थ्य सेवा दिइएको र मातृ शिशु स्वास्थ्य सेवा बढी प्रभावकारी भएको जनस्वास्थ्य अधिकृत करुणा वज्राचार्यले बतानुभयो ।
सात स्वास्थ्यकर्मीले दैनिक ४०–५० जना प्राथमिक उपचारका लागि आउने सेवाग्राहीको उपचार, चार पाँच जना जति एचआइभी÷एड्स जाँच गर्ने र समस्या भएकाहरुलाई अन्यत्र पठाउने काम सहजै सेवा पु¥याउन पाएकामा वज्राचार्यले सन्तुष्टि व्यक्त गर्नुभयो ।
प्राथमिक उपचारका साथै उपमहानगरपालिकावासीलाई सरसफाइ चेतना र स्वस्थ बानी व्यवहार सिकाउनका लागि प्रवद्र्धनात्मक स्वास्थ्य सेवा पु¥याउन एक सय ३३ महिला स्वास्थ्य स्वयम्सेविकासहित पाँच सय ६८ टोल सुधार उत्प्रेरक खटाइएको छ ।
उपमहानगरपालिकाका २२ वटै वडामा ती उत्प्रेरकले समुदायलाई समेत परिचालन गर्न वार्षिक रु ६० हजारसम्म प्रत्येक वडामा बजेट व्यवस्था गर्ने गरिएको छ । स्वास्थ्य सेवा प्रभावकारी भएकै कारण सहरी स्वास्थ्य क्लिनिक कार्यक्रमले छुट्टै भवन निर्माणका लागि रकम दिन लागेको समाजकल्याण महाशाखाका वरिष्ठ अधिकृत अशोक श्रेष्ठले जानकारी दिनुभयो ।
गर्भवती तथा सुत्केरीको स्वास्थ्य सेवा र नवजात शिशुको स्वास्थ्य हेरचाहलाई अझ बढी प्रभावकारी बनाउन नगरका २० वटा वडामा मातृशिशु स्वास्थ्य क्लिनिक स्थापना गरिएको वरिष्ठ अधिकृत श्रेष्ठले बताउनुभयो । समाजकल्याण महाशाखाले महिला, उपेक्षित, उत्पीडित जातजाति, बालबालिका, अपाङ्ग, पिछडिएको समुदायको अधिकार अभिमुखीकरण, चेतना बढाउन र उनीहरुको आयआर्जन बढाउने सीपमूलक तालिम दिने काम पनि गरिंँदैआएको छ ।
तालिम लिएपछि तुरुन्त काम पाउने वा आफैँले व्यवसाय गर्न सकिने शृङ्गार, हावसवायरिङ, कुक, मोबाइल मर्मत तालिममा बढीजसो महिलाको सहभागिता रहने गरेको वरिष्ठ अधिकृत श्रेष्ठले जनाउनुभयो । रासस


