add size 720x90
Searching...

यौनावश्थामै लिप्त चार जोडी रगेंहात पक्राउ

postdate: Friday, 26 July 2013 comment: 0 Tag:


धनगढी, साउन ११ गते । यौन क्रियाकलापमा लिप्त ४ जोडी पक्राउ परेका छन । कैलाली प्रहरीले धनगढीका तीनवटा होटलबाट अनैतिक यौनक्रियाकलापमा संलग्न चार जोडीलाई पक्राउ गरेको हो ।

खुलमखुला यौन ब्यवसाय हुने गरेको थाहा पाएपछि बिहीबार धनगढीका अधिकांश होटलमा प्रहरीले छापा मारेको थियो । छापामार्ने क्रममा चार जोडीलाई यौन क्रियाकलपमा सक्रिय रहेको अवस्थामा रगेंहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायव निरीक्षक ऋषिराम कडेलले मेरोजिल्लालाई जानकारी दिए ।

बसपार्कस्थित मालिका होटलबाट दुई जोडी, चौराहस्थित ज्ञानु प्लाजा र सगरमाथा होटलबाट एकरएक जोडी प्रहरी निरीक्षक किसनसिंह बुडालको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता नायव निरीक्षक कडेलले बताए । नियन्त्रणमा लिईएका महिला १८ देखि २० वर्ष र पुरुष ३० वर्षसम्मका छन् । पक्राउ परेकालाई अभिभावक बोलाएर पहिलो पटक सुध्रिने मौका दिई छाडेको कडेलले बताए । यस्तो व्यवसाय चलाउने होटल मालिकलाई पनि आईन्दा व्यवसाय नगराउने शर्तमा सजग गराई छाडेको प्रवक्ता कडेलले जानकारी दिए ।

खुलमखुला रुपमा होटलमा यौन व्यवसाय हुने गरेको जनगुनासो आएपछि प्रहरी सक्रिय भई निरन्तर रुपमा चेकजााच गर्दै आएको छ । सादा पोसाकमा प्रहरी परिचालन ग िअबैध यौनधन्दालाई निरुत्साहित गर्न सम्भावित होटलमा निगरानी बढाइने जनाएको छ । 
  





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन