add size 720x90
Searching...

दाङमा ट्रिप्परको ठक्करवाट एकको मृत्यु, एक घाइते

postdate: Wednesday, 17 July 2013 comment: 0 Tag:



२ साउन, दाङ । दाङमा ट्रिप्परको ठक्करवाट एक महिलाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । घोराही-तुलसीपुर सडक खण्डको घोराही-११ रतनपुरचोकमा रा १ क १५३ नम्बरको ट्रिप्परले रा १ प ९९१७ नम्बरको मोटरसाईकललाई बुधवार दिउँसो ठक्कर दिदा मोटरसाईकलमा सवार मानपुर-२ लालपुरकी ५० बर्षीया देबकला वलीको मृत्यु भएको हो ।
ठक्करवाट गम्भीर घाइते देबकलाको राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्नेक्रममा बाटोमै मृत्युभएको प्रहरीले जनाएको छ । ट्रिप्परको ठक्करबाट मृतकका श्रीमान ५४ बर्षीय कबिराज वली पनि गम्भीर घाइते भएका छन् । घाइते वलीलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । ठक्कर दिने ट्रिप्पर र चालकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन