वीना अश्मितबीच बोलचाल बन्द

मुम्बई । फिल्म सुपरमोडलको पोस्टर लन्चमा फिल्मीकी मुख्य अभिनेत्री वीना मलिकले आफ्ना सहअभिनेता अश्मित पटेलसँग बोलचाल नभएको खुलासा गरेकी छिन ।
यसकारण निर्देशक नवीन बत्रा धेरै चिन्तीत छन ।
निर्देशक बत्राले फिल्ममा प्रस्ताव गर्दा विना र अश्मित राम्रो साथी भएको बताएका थिए । उनले आफुहरु फिल्म सुटिङ गरिरहेको र दुई कलाकारबीच बोलचाल नभएकोमा दुख व्यक्त गरे । उनले भनेकी छिन कि जब निर्देशकले एक्सन भन्छन त्यसपछि आफुलाई पूर्ण व्यवसायिक बनाउने बताएकी छिन । उनले फिल्ममा निजी कुरा नल्याउने बताएकी छिन । अश्मित तथा वीना टीभी रियालिटी सो विग बोस सिजन ४ मा भेट भएको थियो । उनीहरु त्यसपछि
गहिरो साथी भएका थिए । बिगबोस सकिए लगत्तै उनीहरुको दोस्ती पनि सकिएको बताइएको छ ।


