नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको निधन

मुकुन्द ढुंगाना
काठमाडौँ ,साउन ९ गते - नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको केहीबेरअघि निधन भएको छ काठमाण्डूको मोडल अस्पतालमा कर्माचार्यको निधन भएको हो । वहांको अघि बिहान ५:०६ मा दुखद निधन भएको थियो ।एकीकृत माओवादीका सल्लाहकार समेत रहेका कर्माचार्यको पार्थिव शरिरलाई अहिले बिहान ८ बजे देखि ९ बजेसम्म माओवादी पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने एकीकृत माओवादीले जनाएको छ । त्यसपछि उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि खुल्लामंच राखिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि सचिवालयले जनाएको छ । उहाँको निधनभएको खबर लगत्तै माओवादी नेता कार्यकर्ता मोडल अस्पताल पुगेका छन ।

